बिश्वासको मत माग्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले के भने ? सम्बोधनको पूर्णपाठ
प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनस्र्थापित भएको छ। आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ। म सबैभन्दा पहिले सबै माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु। नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। ईतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुला