प्रेस संगठन बाँकेको भेला फागुन १५ गते, कार्यसमिति सदस्यमा मनोनयन
नेपालगन्ज : प्रेस संगठन बाँकेको नियमित बैठक एवं कोहलपुर भेला बिहिवार कोहलपुरमा सम्पन्न भएको छ । संयोजक हेमन्त बिकको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले संगठनलाई अझ क्रियाशिल र सुदृढ गर्दै लैजाने रणनीति निर्माणका लागि यही फागुन १५ गते नेपालगन्जको होटल कलपत्रुमा जिल्ला भेलाको आयोजना गर्ने निर्णय गर्दै भेलामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सदस्यलाई आह्वान गरेको छ ।









