भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति छैन : काँग्रेस सांसद सुरेन्द्र हमाल
नेपालगन्ज १७ असोज ; नेपाली काँग्रेस प्रदेश नं. ५ का मुख्य सचेतक एवं बाँकेका प्रदेश सांसद सुरेन्द्र हमालले भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति नरहेको प्रतिक्रिया दिएका छन् ।
बाँकेमा राजधानी बन्न नसक्ने अवस्थामा भालुवाङप्रति पनि असहमति प्रकट गर्न नसकिने उनले बताए । हमाल लगायत सबै जसो पश्चिमक्षेत्रका सांसदले सकभर बाँके नत्र पायक पर्ने ठाउँमा राजधानी बन्ने पर्ने आवाज उठाउँदै आएका थिए