कपडाको अवैध कारोवारको श्रृखंला, २३ महिनामा नउठेको राजश्व कसरी एक महिनामै उठ्यो ?
नेपालगन्ज ९ भदौ : मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी(सिडीओ) रामबहादुर कुरुम्बाङ्गले सामाजिक सन्जालमा पोष्ट गरे–‘नेपालगन्जको आफ्नो २ बर्षको कार्यकालको २३ महिनामा कपडामा संकलन हुन नसकेको भन्सार महसुल साउनमा मात्रै ७ करोड संकलन भएको छ– भन्सार चिफ शान्तीराम निरौला ।’
सिडीओ पोष्टलाई कमेन्ट गर्नेहरुले यसअघि नेपालगन्ज नाका हुँदै कपडाको व्यापारमा अवैध हुने गरेको आशयका रुपमा बुझेका छन् । खुल्ला









