बालकृष्ण खाणलाई धरौटीमा थुनामुक्त गर्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।









