एउटै वडामा ६३ ठुला उद्योग
नेपालगन्ज, ४ जेठ : बाँके जानकी गाउँपालिका –६ गनापुरमा मात्र ६३ वटा उद्योग सन्चालनमा छन् । औद्योगिकक्षेत्र बनाउने सरकारको कुनै योजनाबद्ध काम नभएपनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताहरुले उद्योग सन्चालन गरिरहेका छन् । उक्त वडामा सिमेन्ट, आईरन, खाद्य, इट्टा,जडिबुटि,रोजिन, औषधी जस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठुला उद्योग सन्चालनमा रहेको वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए ।
‘पश्चिम नेपालम









