दुधको ढुवानीमै डिडिसीलाई करोड खर्च,बाँकेमा खपत नहुँदा काठमाण्डौं पठाउनुपर्ने बाध्यता
नेपालगन्ज, ७ जेठ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को कोहलपुर वितरण केन्द्रले दुधको ढुवानीमै चर्को मूल्य खर्चिनु परेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु एक करोड भन्दा बढि खर्चियो । स्थानीय बजारमा बिक्री नै नहुने भएकाले यहाँ संकलन भएको दुध राजधानी काठमाण्डौं पठाउनुपर्ने बाध्यता रहेको बितरण आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । यसरी हरेक दुधको ढुवानीमै प्रति लिटर ७ रुप









