बाँकेमा सहकारी मार्फत दैनिक साढे ८ हजार लिटर दुध उत्पादन
बाँके : बाँकेमा रहेका सहकारीहरुले दैनिक ८ हजार ५ सय लिटर दुध उत्पादन गर्ने गरेको पाईएको छ । आईतबार नेपालगन्जमा सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड बाँकेको २७ औं बार्षिक साधारणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त जानकारी दिएका छन् ।
दुधमा जिल्लालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भुमिका खेलेको सुवेदीले बताए । बाँकेमा ४ सय ९ सहकारी संस्था रहेका छन् । यि सहकारीमा १ लाख ६५ हजार सदस्य रहेक