२०७५ साल : उद्योगलाई आवश्यक नीतिगत कार्यको थालनी गरेको वर्ष
काठमाडौं, वैशाख १ : उद्योग मन्त्रालयले २०७५ सालमा उद्योगलाई आवश्यक नीतिगतको कार्यको थालनी गरेको समीक्षा गरेको छ । औद्योगिक क्षेत्रतर्फ उद्योग व्यवसाय गर्नुभन्दा पहिले व्यवसाय दर्तादेखि कुनै कारणले लगानी झिक्ने वा फिर्ता लैजाने सम्मको नीतिगत कार्य यस वर्ष भएको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए । मुलुकको औद्योगिक वातावरण लगानीमैत्री बनाई, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा मन्त्र









