प्रिय सरकार ! बजेटबाट जनताले के पाए ?
देशको बजेट सार्वजनिक हुँदा हरेक नागरिकको मनमा आशा पलाउँछ। गरिबले राहतको अपेक्षा गर्छ, किसानले मल, बीउ र आफ्नो उत्पादनको उचित मूल्य खोज्छ, मजदुरले श्रमको सम्मान चाहन्छ, विद्यार्थीले सहज शिक्षाको सपना देख्छ र बिरामीले सुलभ स्वास्थ्य सेवाको आशा राख्छ।
तर जब बजेटका पानाहरू पल्टाइन्छन्, शिक्षा, स्वास्थ्य, बिजुली र दैनिक उपभोगका वस्तुमै कर तथा मूल्य अभिवृद्धि कर (VAT) को थप भार देखिन्छ। तब स्वाभाविक









