महिन्द्राले उपलब्ध गरायो पुरानै मूल्यमा इलेक्ट्रिक गाडी ईटुओ
काठमाडौं – महिन्द्रा इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जी प्रालिले बिक्रीका लागि उपलब्ध महिन्द्रा ईटुओ पुरानै मूल्यमा बिक्री गरेको छ ।
कम्पनीले जेठ १५ को बजेट भन्दा पहिले नै नेपाल भित्रिएका सबै १४ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको बताएको छ । आफूहरुसँग स्टकमा रहेका लगभग सबै गाडी ग्राहकलाई हस्तान्तरण गरेको र अब प्रदर्शनका लागि मात्र केही गाडी उपलब्ध भएको अग्नि इनर्ज








