कुपोषीत बालबालिकाको स्वास्थ्यमा सुधार देखेपछि कृषि मन्त्री र अमेरिकी राजदुत दङ्ग
बाँके : बाँकेको खजुरा गाउँपालिका सोनपुरमा कुपोषीत अवस्थाका बालबालिकाको शारीरिक अवस्थामा सुधार आएको देखेपछि कृषि विकास मन्त्री चक्रप्रसाद खनाल र अमेरिकी राजदुत रेण्डी बेरे दङ्ग परेका छन् । कुपोषीत बालबालिकाका लागि खजुरा गाउँपालिकाले युएसआईडीको सहयोगमा सन्चालन गरेको सुहारा कार्यक्रमको अनुगमन गर्न मंगलबार कृषि मन्त्री खनाल र अमेरिकी राजदुत सोनपुर पुगेका थिए ।
त्यहाँ पुगेका मन्त्री र राजदुतले ब