मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ %, निक्षेप खातामा महिलाको हिस्सा बढी
भदौ ४, काठमाडौं । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ ।
धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।
केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’









