पम्पमा नाकाबन्दीकाे झझल्को दिने गरि लामाे लाइन
नेपालगन्ज-नेपालगन्जमा इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासी बढेको छ। घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन्।
इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए।
इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो। ढुवानीकर्ताल









