अध्यक्ष ओली र नेता नेपालको भेटले पनि एमालेमा खु:सीको संचार !
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ । छलफलमा ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम









