दिनदहाडै सुर्खेतरोडमा चेतन मानन्धरको हत्या गर्ने मध्येका दुई जना समातिए
नेपालगन्ज : २०७२ सालमा नेपालगन्जको व्यस्त बजार धम्बोझीचोकमा दिनदहाडै नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धरको हत्यामा संलग्न भई फरार दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ब्यक्ति सहित घटना सँग सम्बन्धित विवरणहरु सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँदोका ३० बर्षिय हरी वली र सोही ठाँउका ३१ बर्षिय विवाद पाठक रहेका छन ।








