साउनदेखि कात्तिक मसान्तसम्म रू ३१ करोड ३७ लाख मूल्यको जडीबुटी निकासी
भारततर्फ जडीबुटीको निर्यात करीब ६ गुणाले बढेको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत साउनदेखि कात्तिक मसान्तसम्ममा भारततर्फ रू. ३१ करोड ३७ लाख मूल्य बराबरको जडीबुटी निकासी भएको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा ५९१ प्रतिशत धेरै हो।
यद्यपी, व्यवसायीहरूले भने भारतबाट जडीबुटीको माग बढेको नभई बन्दाबन्दीमा रोकिएको निर्यात एकै पटक हुँदा निर्यात बढेको देखिएको बता









