भेरीमा डायलासिस विस्तार
नेपालगन्ज : भेरी अस्पतालमा डायलासिस सेवाको दायरा विस्तार भैरहेको छ । दुईवटा मेशिनको भरमा चलेको डायलासिस युनिटको क्षमता विस्तार गरिएको छ ।
अस्पतालमा रहेको डायलासिसि युनिट इन्चार्ज डाक्टर पारस श्रेष्ठका अनुसार अब यहाँ चारवटा मेशिन जडान गरिने छन् । जसमा तीनवटा नियमित चल्ने छन । एउटा कोभिडका लागि स्टक राखिने भएको छ ।
डायलासिस युनिटमा दुईवटा मेशिन थपिएपछि अहिलेको तुलनामा दोब्बर विरामीले सहज रूपम








