लकडाउनमा फेरियो व्यापार गर्ने शैली, उधारो बन्द
नेपालगन्ज २४ साउन : तीन महिने लकडाउनपछि खुलेको बजारमा व्यापारीहरूले उधारो कारोबार बन्द गरेका छन्। बजारमा स्वदेशी सामान मात्र विक्री वितरण भइरहेका छन् ।
लकडाउनअघि व्यावसायिक साझेदारबीच हुने गरेको उधारो कारोबार अहिले पूर्णरूपपमा बन्द भएको हो। “सामान आयात हुन सकेको छैन। आफ्नो गोदाममा भएको सामान उधारोमा दिनुभन्दा नगद दिएरै बेचौं भन्ने मनसायले उधारो कारोबार बन्द गरेको हुँ,” -नेपालगन्ज उद्योग वाणिज्









