नेपालगञ्जको विकासमा शहरी विकास मन्त्री राईको जोड, भन्छन–‘विवादमा लाग्नु छैन’
नेपालगञ्ज - शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले मन्त्री भएपछि पहिलो पटक आईतवार गृह नगर नेपलागञ्जका पत्रकारसंग औपचारिक भेटघाट गरे । भेटघाटका क्रममा मन्त्री राईले विकास र समृद्धिका विषयमा मात्र बोलेका छन् । बिवादित कुराबाट टाडा रहन चाहेको बताउँदै मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीसंग कुनै बिवाद नभएको स्पष्ट पारे । उनले विवाद गरेर नभई मिलेर नेपालगञ्जको विकासको काम गरिरहेको र आगा








