सकियो प्रतिक्षा ! आठौ खेलकुदको उद्घाटन लागि एक दिन मात्र बाँकी
नेपालगन्ज, ४ बैशाख : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन समारोहको प्रतिक्षा सकिएको छ । भोली बिहिवार राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहकाबीच नेपालगन्ज रंगशालामा प्रतियोगिता समुद्घाटन गर्नुहुने छ । समुद्घाटन समारोहलाई बिशेष बनाउन सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
‘राष्ट्रगानको संयौ फुलका थुङ्गा हामी एउटै माला नेपाली ’ भन्ने भावको झझल्को दिने गरी झाँकी तयार पारिद









