ऋणले बिजोग : जथाभावी ऋण दिनेलाई अनुगमन गर्न माग
बाँके : सहकारी र लद्युबित्तबाट ऋण लिएपछि शहरदेखि गाउँसम्म उत्पन्न भएका समस्या समाधान गरिनुपर्ने आवाज उठेको छ । त्यस्तो ऋण दिने समूहलाई कडा नियमन गर्न नसक्ने हो भने समस्या भयावह हुने सामाजिक अगुवाहरुको तर्क छ ।
बाँकेको खजुरा निवासी सामाजिक अगुवा शतिश निरौलाले सजिलो तरिकाले ऋण दिलाईदिन्छु भन्ने नाममा बढि ऋण असुल्ने काम भइरहेको बताए । यस्ता कार्य गर्ने समूहलाई स्थानीय तहले नियमन गर्नुपर्ने उनले बताए









