बाँकेको पर्यटन क्षेत्रमा लगानी उत्साहजनकरुपमा बढ्यो, गत वर्ष मात्र २ अर्व १३ करोड कर्जा प्रवाह
नेपालगन्ज : बाँकेको होटल तथा सेवा क्षेत्रमा लगानीको आर्कषण उल्लेखिय मात्रामा बढेको छ । पछिल्लो तीन वर्षयताको तथ्यांकलाई मात्र हेर्ने हो भनेपनि यहाँ लगानी उच्च गतीमा भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा २०७४ र २०७५ मा होटल तथा सेवा जस्ता क्षेत्रमा रु दुई अर्व १३ करोड ६० लाख कर्जा लगानी भएको छ । जबकी त्यसअघिको आर्थिक वर्ष २०७३ र २०७४ मा रु १ अर्व ५२ करोड ५० लाख पर्यटन तथा