कोहलपुरका दुर्लभ मौरी संरक्षक कृषकलाई सम्झियो प्रदेश सरकारले, दिने भयो प्रदेश रत्न पदक
नेपालगन्ज ३ भदौ : नेपालमा अति नै दुर्लभ अवस्थामा पुगेको पुतको मौरीको संरक्षणमा जुटेका छन् एक पूर्वसैनिक । उनले ५ वर्षदेखि यो मौरी पालिरहेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका-११, बसपार्क बनबाटिका ५० वर्षीय पुरमल बस्नेत नेपाली सेनाका सेवा निवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् ।
अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुतको मौरी पनि पालिरह









