नियमित समाचार

कोरोनाले भारतीय अर्थतन्त्र खराब अवस्थामा

कोरोनाले भारतीय अर्थतन्त्र खराब अवस्थामा

   
नयाँदिल्ली। कोरोना संक्रमणका कारण भारतीय अर्थतन्त्र गम्भिर संकटमा परेको छ। दोस्रो त्रैमास९अप्रिलदेखि जुन०मा भारतको कुल गार्हस्थ उत्पादन(जीडीपी) २३ दशमलब ९ प्रतिशतले घटेको छ। भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ। कोरोना संक्रमण नियन्त्रणका लागि भारतले देशब्यापी लकडाउन गरेका कारण आर्थिक
बारबर्दियामा सिंचाई नपुग्ने १३ विघा जग्गा बेसार खेतीमा उपयोग, प्रशोधन उद्योग पनि खुल्दै

बारबर्दियामा सिंचाई नपुग्ने १३ विघा जग्गा बेसार खेतीमा उपयोग, प्रशोधन उद्योग पनि खुल्दै

   
नेपालगन्ज १६ भदौ :  बर्दियाको बारबर्दिया नगरपालिकाले सिंचाईको सुविधा नभएको वडा नं. १ को १३ विघा जग्गा बृहद बेसार खेतीका लागि उपयोग गरेको छ । स्थानीय एक सहकारीमा कृषकलाई आवद्ध बनाएर बेसार खेती शुरु गरिएको हो । त्यहाँ उत्पादन भएको हल्दी(काँचो) प्रशोधनका लागि चाँडै उद्योग खोल्ने तयारी भइरहेको नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले जानकारी दिए । बेसार खेती अनुगमनपछि उनले भने,–‘सिंचाईको अभावमा धा
भेरी अस्पताल अब पाँच सय शैयाको बन्छ, तर दरबन्दी अनुसार अहिल्यै छैनन् चिकित्सक

भेरी अस्पताल अब पाँच सय शैयाको बन्छ, तर दरबन्दी अनुसार अहिल्यै छैनन् चिकित्सक

   
नेपालगन्ज १६ भदौ : स्थापनाको १ सय ३० वर्ष पुगेको भेरी अस्पताललाई पाँच सय शैया क्षमताको बनाइदै छ । हाल १ सय ५० शैयाको रहेको अस्पताललाई चालु आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा विशिष्टीकृत गर्ने निर्णयसंगै पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढेको छ । पश्चिमकै ठूलो रेफरल सरकारी अस्पतालका रुपमा रहेको भेरीमा ढिलै भएपनि पूर्वाधार विकासको काम भए पनि दरबन्दी अनुसारका कर्मचारी भने छैन । कर्
भारत जान खोज्नेको जमुनाहमा भिड, कसरी आए  ?

भारत जान खोज्नेको जमुनाहमा भिड, कसरी आए ?

   
नेपालगन्ज १६ भदौ :  रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण मंगलवार जमुनाह नाकामा भिड लागेको छ । कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाका समेत बन्द छ भन्ने थाहा पाउँदा पाउँदै कर्णाली लगायतका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको छ । नाका बन्द छ भने उनीहरु त्यही रोकिएका छन । तर सीमा बन्द भएका कारण उनीहरु जाने अवस्था छैन । कामको खोजिमा भारत जान आएको त्यहाँ रहे
कोहलपुरको कन्चन पानी उद्योग सिल,पानीमा फोहोर भेटिएको विषयमा अनुसन्धान हुँदै

कोहलपुरको कन्चन पानी उद्योग सिल,पानीमा फोहोर भेटिएको विषयमा अनुसन्धान हुँदै

   
नेपालगन्ज १६ भदौ :  पानीमा फोहोर भेटिएको भन्दै कोहलपुरस्थित कन्चन मिनर वाटर उद्योग शिल गएिको छ । आरुष ब्राण्डको पानीमा फोहोर भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार शिल गरिएको उद्योगको पानीमा भेटिएको फोहोर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।कैफियत भेटिएमा कालो बजार ऐन अन्तगर मुद्दा चलाउनेसम्मको कारवाही गरिने उनले जनाएका छन ।  
विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र चार दिन सिल

विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र चार दिन सिल

   
नेपालगन्ज १६ भदौ :  नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र भाद्र १९ गतेसम्मका लागि ४ दिन सील गरिएकोछ। आज भाद्र १६ गतेदेखि सो सील गरिएको हो। आफ्नो एक कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक नोलाइट तथा मर्मतबाहेकको सेवा बन्द रहने वितरण केन्द्रले जनाएकोछ।
कस्ले दिन सक्छन् प्लाज्मा थेरापीका लागि रगत ? बाँकेमा कस्लाई सम्पर्क गर्ने ?

कस्ले दिन सक्छन् प्लाज्मा थेरापीका लागि रगत ? बाँकेमा कस्लाई सम्पर्क गर्ने ?

   
नेपालगन्ज १६ भदौ : नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले ब्लड दिए । रिजाल आफै संक्रमित भई उपचार पछि घर फर्किएको २८ दिन भन्दा बढि भएको थियो । सोमवार नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकमा प्लाज्मा थेपारीका लागि रिजालले ब्लड दिएका हुन । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई
कोभिडले जागिर गुमाएका व्यापारमा जोडिदै, प्राथमिकतामा कृषि

कोभिडले जागिर गुमाएका व्यापारमा जोडिदै, प्राथमिकतामा कृषि

   
नेपालगन्ज १६ भदौ :  लकडाउनका कारण बेरोजगार भएकाहरु निरास मात्र छैनन् नयाँ विकल्प खोजेर उद्यम एवं व्यवसाय सन्चालनमा समेत हात हाल्न थालेका छन् । अधिकांस समय जागिरे जीवन बिताएकाहरु अहिले व्यवसाय सम्हाल्नतिर लागेको पाइन्छ । कृषि,पशुपालन र खुद्रा व्यवसायमा उनीहरु संलग्न भएका छन् । लकडाउनका कारण यतिबेला बहुसंख्यक मानिसहरु बेरोजगार भएका छन् । लकडाउनका कारण पर्यटन, यातायात, शिक्षण जस्ता क्षेत्र सबैभन्दा
निषेधाज्ञासँगै कुखुराको मासु बिक्री ७० प्रतिशतले घट्यो

निषेधाज्ञासँगै कुखुराको मासु बिक्री ७० प्रतिशतले घट्यो

   
काठमाडौं। निषेधाज्ञासँगै कुखुरा बिक्री हुन छाडेपछि कुखुरापालक किसानले चल्ला नष्ट गर्न थालेका छन्। लकडाउनको दुई महिनाको जस्तै अवस्था आएपछि उनीहरुले चल्ला ह्याच नगरि नष्ट गर्न थालेका हुन्। पोल्ट्री संघका अध्यक्ष जंगबहादुर विसीले कुखुराको कारोबार ३० प्रतिशतमा झरेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गर्न थालिएको बताए। उनका अनुसार बोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि मूल्य पनि ह्वात्तै घटेको छ।