नियमित समाचार

सन्चालनमा नआउँदै नेपालगन्ज बसपार्कको प्रतिक्षालय हुरीले उडायो

सन्चालनमा नआउँदै नेपालगन्ज बसपार्कको प्रतिक्षालय हुरीले उडायो

   
नेपालगन्ज, २० बैशाख : बिहिवार रातीदेखि शुरु भएको हावाहुरीले निर्माणाधिन नेपालगन्ज बसपार्कको प्रतिक्षालय उडाएको छ । बसपार्क पश्चिमतर्फको प्रतिक्षालय पोल भाँचिएसंगै ढलेको हो । नेपालगन्ज उपमहानगरपालिकाले केही दिनमै उक्त बसपार्क सन्चालन गर्ने तयारीमा छ । तस्वीर शेरबहादुर रेउलेको फेसबुक पेजबाट
सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

   
नेपालगन्ज, २० बैशाख : बिहिवार रातीदेखि शुरु भएको हावाहुरी र पानीका कारण बाँकेका कयौं ठाउँमा घर भत्किएका छन् । बालीनाली असर परेको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाका धेरै घरमा क्षती पुगेको पीडितहरुले बताएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीबहादुर थापा, प्रह््लाद थापा, जानकी गाउँपालिका वडा नम्बर २ का लालबहादुर केसीको घर, गोठ र कुखुरा फार्म हावाहुरीले उडाएको छ । पीडित लक्ष्मीबह
मातातीर्थ औंसीमा आमालाई सोल्टी होटलको ‘केक’ !

मातातीर्थ औंसीमा आमालाई सोल्टी होटलको ‘केक’ !

   
नेपालगन्ज, १९ बैशाख : आउने शनिबार मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । यसै अवसर पारेर नेपालगन्जस्थित पाँच तारे होटल सोल्टीले केकमा बिशेष छुट दिएको छ ।  उसले आफ्ना सेवाग्राहीलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । सय पाउण्ड बराबरको
आईसिपी सन्चालन पछि जमुनाह नाका यात्रुको आवत–जावतमा सीमित हुने

आईसिपी सन्चालन पछि जमुनाह नाका यात्रुको आवत–जावतमा सीमित हुने

   
नेपालगन्ज,१९ बैशाख :  एकिकृत भन्सार जाँचचौकी (आईसिपी) बनेपछि जमुनाह नाकाको भविष्य के हुन्छ ? अहिले धेरैको जिज्ञासाको बिषय बनेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले आईसिपी बनेर कार्यान्वयनमा आउने बित्तिकै हालको जमुनाह नाकाबाट ठुला मालबहाक सवारीसाधन नआउने स्पष्ट पारे । उनले भने,–‘आयात र निर्यातका लागि यो नाकाबाट कुनै पनि ठुला सवारीसाधन आउँदैनन् । तर यात्रुहरुको हिडडुल र साईक
कस्तो बन्दै छ, न्यूरोडको ग्रीनबेल्ट ? यस्तो भने मेयर राणाले

कस्तो बन्दै छ, न्यूरोडको ग्रीनबेल्ट ? यस्तो भने मेयर राणाले

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेको न्यूरोड सडकको ग्रीनबेल्ट सुधार गरिदैछ । लामो समयदेखि उक्त ग्रीनबेल्ट काम जिर्ण छ । ग्रीन बेल्टमा मंगलवार राती खन्ने गर्दा रुख मास्ने होकी भन्दै चौतर्फी बिरोध भएको थियो । तर नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शमसेर राणाले ग्रीनबेल्ट सुधार गर्न लागिएको बताए । उनले सामाजिक सन्जालमा आर्कषक ग्रीनबेल्टको तस्वीर शेयर गरेर न्यूरोडमा पनि त्यस्त
कस्का लागि विदा ? श्रम दिवशमा नेपालगन्जका सडक बनाउँदै मजदुरहरु

कस्का लागि विदा ? श्रम दिवशमा नेपालगन्जका सडक बनाउँदै मजदुरहरु

   
१३० औं मजदुर दिवशको अवसरमा पनि नेपालगन्ज उपमहानगरपालिकाको घरवारीटोलमा जाने बाटो निर्माणमा लागिपरेका मजदुरहरु । मजदुर दिवशको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि यहाँ भने बास्तविक मजदुर चर्को गर्मीमा काम गर्न बिबश देखिए । नेता र सार्वजनिक ओहोदाका व्यक्तिहरु कार्यक्रममा भाषण गरिरंहदा यि मजदुरहरु इट र सिमेन्ट मोल्न व्यस्त थिए । ठेकेदार कम्पनीले बिदा नदिएपछि बर्षमा एक पटक आउने मजदुर दिवशमा पनि मजदुरल
सुविधा सम्पन्न नेपालगन्ज बसपार्क सन्चालनको तयारी

सुविधा सम्पन्न नेपालगन्ज बसपार्क सन्चालनको तयारी

   
नेपालगन्ज १९ बैशाख : नेपालगन्जमा निर्माण भएको अत्याधुनिक बसपार्क चाँडै सन्चालनमा आउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बसपार्क सन्चालनको तयारी भइरहेको बताउँदै त्यहाँबाट छुट्ने बसको सूची तयार गर्न लागेको छ । उपमहानगरपालिकाले बस समिति र बस सन्चालन गर्ने कम्पनीहरुलाई सूचि बुझाउन आग्रह गरेको हो । बसको सूची संकलन गरे पछि व्यवस्थापनमा सहज हुनेछ । अन्तर्रा्ष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका
के हो श्रमिक दिवश ?

के हो श्रमिक दिवश ?

   
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका
कृष्ण चौधरी लुम्बिनी भ्रमण वर्षको मूल समारोह समिति सदस्य मनोनित

कृष्ण चौधरी लुम्बिनी भ्रमण वर्षको मूल समारोह समिति सदस्य मनोनित

   
नेपालगन्ज,१५ बैशाख : लुम्बिनी भ्रमण वर्ष २०७६ मूल समितिको सदस्यमा बाँकेका होमस्टे तथा पर्यापर्यटन अभियानता कृष्ण चौधरी मनोनित भएका छन् । प्रदेश ५ मा रहेको गौतम बुद्धको जन्मस्थल र समग्र प्रदेशकै पर्यटन प्रर्बधनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी भइरहेको छ । सोही कार्यका लागि चौधरीलाई प्रदेश ५ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको चैतमा भएको बैठकले सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
१९ वर्षिया चेल्सी बोथराको चित्रकलामा देश प्रेम

१९ वर्षिया चेल्सी बोथराको चित्रकलामा देश प्रेम

   
नेपालगन्ज पासांगल्हामुरोडकी १९ वर्षिया चेल्सी बोथराले आर्कषक मण्डला शैलीका चित्र बनाएकी छन् । हाल भारतको बैंगलोरमा पढ्दै गरेकी चेल्सीले दुईवर्ष पहिलेदेखि चित्र बनाउँदै आएकी थिईन । ‘मलाई चित्रकलामा धेरै नै इन्ट्रेस्ट छ । त्यही सिक्दै छु ।’– उनले भनिन् । चेल्सीका चित्रकला भित्र नेपालको ऐतिहासिक र सांस्कृतिक पक्ष लुकेको छ । उनले आर्कषक तरिकाले नेपालको झण्डा बनाएकी छन् भने बुद्ध भगवानको पृष्ठभुमीमा मण