अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउन जरुरी छ:मुख्यमन्त्री आचार्य (भिडियो सहित)
बुटवल, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उहाँको धारणा छ ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध









