भ्रमण वर्षलाई स्वागत गर्दै सन् २०२० : हस्पिटालिटी क्षेत्र फस्टाउने अवसर
हिमा बिक
पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष लोकप्रिय बन्दै गएको छ । केही वर्ष अघिसम्म पनि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गरी मनाइने यो उत्सवमा अहिले आम नेपाली समेत जोडिने गरेका छन् । अंग्रेजी नयाँ वर्षमा हुने विभिन्न कार्यक्रम र तिनमा नेपालीको बढ्दो सहभागिताले यसको पुष्टि गर्दछ ।
अंग्रेजी नयाँ वर्ष विदेशीमाझ त महत्त्वको विषय हुने नै भयो, सांस्कृतिक विविधीकरणले नेपालमा समे









