धनगढी विमानस्थल स्तरोन्नतिको काम पुन: शुरु, दैनिक १६ घण्टा उडान बन्द हुने
कैलाली। वर्षाका कारण रोकिएको धनगढी विमानस्थल स्तरोन्नतिको काम फेरि शुरु भएको छ। गत जेठ २९ गते विमानस्थलमा पहिलो चरणको स्तरोन्नतिको काम सकिएको थियो। जेठमा एक महिनामा धावन मार्ग स्तरोन्नति गर्ने भनेर उडान नै ठप्प पारेर थालिएको काम सात दिन लम्बिन पुगेको थियो। त्यसकै निरन्तरताका लागि वर्षामा रोकिएको काम फेरि सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए।
१७ करोड ८८ लाख लागतम