एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !
नेपालगन्ज– रत्न खत्री बाँकेको चर्चित युवा राजनीतिकर्मी हुन् । एमालेले पछिल्लो तीनवर्ष यता जे जस्ता आरोहअवरोध झेले । ठिक त्यस्तै आरोह अवरोह खत्रीले पनि झेलेका छन् ।
गुटगत राजनीतिले मलजल पाएका बेला खत्री बाँकेमा माधव नेपालको कित्तामा थिए । तर नेपालले आफ्ना केही नेता लिएर अलग्गै पार्टी बनाउँदा भने खत्रीले दश बुँदे सम्झौताको जगमा एमालेमै रहने निर्णय गरे । उनले एमालेमै रहँदा बैजनाथ लगायत बिभिन्न









