होमस्टेमा ‘क्रान्ति’ ल्याउने कृष्ण
मुकेश पोखरेल( हिमालखबरबाट)
कृष्णले २०६८ सालमा आफ्नै गाउँ गाभरबारे समाचार लेखेका थिए। समाचारमा हाल वैजनाथ गाउँपालिकामा पर्ने गाभर क्षेत्रको पर्या–पर्यटन विकास र होमस्टे सञ्चालनको संभावना उल्लेख थियो। “बाघ अवलोकन तथा हात्ती सफारीका लागि आउने प्रकृतिप्रेमीका लागि गाभर भ्याली उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। नेपालगञ्ज र कोहलपुरसँग नजिक भएको संस्कृति र प्रकृतिको आधार बनाएर होमस्टेको