महिन्द्रा स्कर्पियो पिकअपः कम मूल्यमा प्रिमियम सुविधा, एडभेन्चर यात्राका लागि उत्कृष्ट
काठमाडौं। महिन्द्रा स्कर्पियो पिकअप कम मूल्यमा प्रिमियम सुविधासहितको गाडी भएको दाबी गरिएको छ। महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नी इन्कर्पोरेटेडले ३५ लाख रुपैयाँदेखि सुरु हुने यो गाडी एडभेन्चर र अफरोड यात्राका लागि उत्कृष्ट मानिएको जनाएको छ।
यो पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको जनाउँदै यो इन्जिनले १ सय ४० एचपी पावर र ३ सय २० एनएम टर्क दिने कम्पनीको दाबी छ।कम्पनीका