बैंक शाखा व्यवस्थापन गर्ने उपाय
व्यापारी, साहु र सुनारहरु आधुनिक बैंकका पूर्वज हुन् । यिनीहरुले एउटा कालखण्डमा मुद्रासंग सम्वन्धित थुप्रै कारोवार र अभ्यास गरे । धेरै समयको अभ्यास पछि मात्र चेक, ड्राफ्ट, रसिद जस्ता आधुनिक वित्तीय उपकरणहरुको विकास र विस्तार भयो । यस्ता उपकरणहरुको विकास संगै आधुनिक बैंक स्थापनाको आधार बनेको हो । आधुनिक बैंकिंग व्यवस्था अहिले उत्कर्षमा रहेको छ, यसले विश्वव्यापी मान्यता पाउनुका साथै अन्तर्राष्ट