बाँकेमा यस्तो छ कोभिडको तेस्रो लहर बिरुद्धको पूर्वतयारी (अध्ययन प्रतिवेदन सहित)
नेपालगन्जः बाँके जिल्लामा सम्भावित कोभिड–१९ को तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आज जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रलाई बुझाएको छ ।
केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समितिका संयोजक डा विनोद खेतानले ४२ पुष्ठ लामो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदनमा कोभिड रोकथाम, नियन्त्रण र








