नेपालगन्ज -पोखरा ‘टुर प्याकेज’मा बढ्यो आर्कषण, बुद्ध एयरले अब दैनिक उडान गर्ने
नेपालगन्ज २ भदौ : साउन १८ गतेबाट बुद्ध एयरले शुरु गरेको नेपालगन्ज–पोखरा उडान अब दैनिक हुने भएको छ । शुरुमा हप्तामा तीन दिन उडान हुँदै आएकोमा हाल पाँच दिन उडान भइरहेको छ ।
आउँदो मंगलवारदेखि दैनिक उडान हुने बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले बताए । आउने जाने पर्यटक एवं अन्य यात्रुको संख्या बढेसंगै बुद्ध एयर उत्साहित छ । नेपालगन्ज पोखरा घुमघाम सहित अन्य कामका लागि समेत









