काठमाण्डौमा मार्सी चामलको विक्री ह्वात्तै बढ्यो, थप २ सय क्विन्टल किन्ने तयारीमा खाद्य कम्पनी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपाल फुड ब्रान्ड मार्फत बिक्री गरेको जुम्लाको मार्सी चामलको स्टक रित्तिन लागेको छ ।
कम्पनीले जुम्लामा उत्पादित मार्सी चामल नेपाल फुड ब्रान्डको नाम गरी बिक्री गर्ने थालेको एक महिना नहुँदै स्टक सकिएको छ । गत माघ १५ देखी मार्सी चामलको बिक्री सुरु गरेको थियो ।
खाद्यले नयाँ चामल भएकोले सुरुवातमा उपभोक्ताबाट प्रतिक्रिया बुझ्नका लागि करिब २ सय ७० क्वि









