नेपालगन्जमा पक्राउ परेका जुवाडेको सम्पत्ति छानविन होला ?
नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार राति नेपालगञ्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेका १० जना पटके जुवाडेहरुलाई थप आवश्यक अनुसन्धानका लागि ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा लिएको छ ।
मंगलबार राति नेपालगञ्ज उप-महानगरपालिका वडा नं ४ बसपार्कमा भुपु असई कृष्ण सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई रंगेहात पक्राउ गरेको हो।
मेगाश्री सुर्ती उत्पादन कम्पनीका मालिक सन्तोष व








