एकल महिलालाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बाख्रा सहयोग
नेपालगन्ज १३ असार : बाँकेको राप्ती सोनारी गाउँपालिकाकाले गरिब, असक्त, अपाङ्ग र अरुको सहारामा बसेका एकल महिलालाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत बाख्रा सहयोग गरेको छ ।
गाउँपालिका स्तरीय मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिले पालिकाका ८ वटै वडाबाट प्रतिनिधित्व हुने गरी २१ जना महिलालाई बाख्रा सहयोग गरेको हो । हरेक एकल महिलालाई ३ वटा बाख्रा सहयोग गरेको छ ।









