राप्तीपारी विद्युतीकरणको वाधा हटाउन सांसद अथकको दौडधुप, उर्जामन्त्री र कुलमानलार्ई भेटे
नेपालगञ्ज १७ कात्र्तिक - वर्षौदेखि अन्धकारमा बस्न बाध्य बाँकेको राप्तीपारीका वासिन्दाको घरमा उज्यालो बनाउन उक्त क्षेत्रका प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक सक्रिय भएर लागेका छन् । उनकै सक्रियताका कारण केही दिन अघि धामपुर सबस्टेशनमा बिद्युत बाल्न सकिएको थियो । तर ठेकेदारले काम नगर्दा स्टेशनसम्म पुगेको बिजुली घर घरमा लैजान सकिएको छैन ।
घरमा लैजाने बाधा फुकाउन आग्रह गर्दै सांसद अथकले उर्जामन्त









