अल्लो प्रशोधन उद्योगलाई बजारको माग पूरा गर्न हम्मे !
माघ ५, दैलेख -यस जिल्लाको नौमुले गाउँपालिकामा रहेको अल्लो प्रशोधन उद्योगलाई अहिले बजारको माग पूरा गर्न भ्याइ–नभ्याइ छ ।
शुरुमा रू।१३ लाख ५० हजारको लगानीमा विसं २०७५ सालदेखि सञ्चालनमा आएको मालिका अल्लो प्रशोधन उद्योगले आधुनिक गुणस्तरयुक्त प्रशोधन मेसिनको अभावका कारण गुणस्तरीय धागो उत्पादन गर्न सकेको छैन ।
विभिन्न समस्याले गर्दा अल्लोको कपडा माग अनुसार पूर्ति गर्न नसकिएको उद्योगका सञ्चालक









