यसरी लगानीकर्ताको ध्यान खिच्दै छ प्रदेश ५, प्रमुख लगानी गन्तव्य बनाउने मुख्यमन्त्रीको योजना
नेपालगन्ज १७ माघ - प्रदेश ५ लाई नेपालकै प्रमुख लगानी गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्दैछ ।
लगानी सम्मेलनलाई भब्यतापूर्वक सफल बनाउन मुख्यमन्त्री शंकर पोख्रेल यतिवेला आफै सक्रियतापूर्वक लागेका छन् ।
मुख्यमन्त्री पोख्रेल देशका प्रतिष्ठित औद्योगिक समूहदेखि बैंकर्ससम्मको छलफलमा व्यस्त छन् ।
‘प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको









