कुपन प्रणालीबाट धान खरिद गर्दा अधियाँ लगाउनेलाई समस्या
नेपालगन्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगंजबाट कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ। कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको हो।
तर कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधियाँ गरेर धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन्। कुपन अनुसार दैनिक ५० क्विन्टल सम्म धान विक्री गर्न पाउने व्यवस्









