नेपालगन्ज ९ भदौ : बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।
बरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् ।
दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् । यि दुबै चिकित्सक सहित भेरीमा सोमवार अन्य दुई जना कर्मचारीमा कोरोना देखिए
संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् ।
रामजी दाहाल: खोज पत्रकारिता केन्द्र
संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् ।
नेपालगन्ज ८ भदौ : कोहलपुरस्थित बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गराउने बढेका छन् । बाँकेमा निजी स्वास्थ्य निकायमा बागेश्वरीलाई कोरोना परीक्षणको मान्यता छ ।
सरकारले अनुमती पाएका निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न पाउने सरकारले स्वीकृती दिएपछि सर्वसाधारण कोरोना परीक्षण गराइएका छन् ।
पश्चिम नेपालमा कोहलपुर–१० रामनगरमा रहेको बागेश्वरी डाईग्नोष
नेपालगन्ज ८ भदौ : कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन् ।
मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताए ।
एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र
नेपालगन्ज ८ भदौ : कोहलपुर -८ का सतिश केसी पेशाले कम्प्युटर इन्जिनियर हुन । भारतको औद्योगिक सहर बैङलोरबाट कम्युटर ईन्जिनियरको पढाई पुर गरेका केसीलाई स्वदेश फर्केर केहि नयाँ व्यवसाय गर्ने सोच बेङलोरमा पढाई गर्दाकै बखतको हो ।
व्यवसायी पृष्ट भुमिका केसी पढाई सकेर नेपाल फर्के लगतै साथिहरुका साथमा झण्डै ५ महिना भारतका बिभिन्न सहरहरुको अवलोकन भ्रमण गरे ।
स्वदेशमा केही नँया काम गर्ने सोचका कारण
नेपालगन्ज ८ भदौ : कोरोना संक्रमित गर्भवती महिलाका लागि नेपालगन्ज मेडिकल कलेज जिवनदाता सावित भएको छ ।
ठूला -ठूला अस्पतालले उपचार गर्न नमानेपछि कोहलपुरमा रेफर गरिएका त्यस्ता गर्भवतीको कोहलपुर मेडिकल कलेजले उपचार गरेर नयाँ जीवन सहित घर फर्काएको छ ।
हालसम्म चार जना यस्ता गर्भवती महिलाले नयाँ जीवन पाएका छन् । गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको शल्य
नेपालगन्ज ८ भदौ : सुर्खेत उद्योग वाणिज्य संघले बबई नाका हुँदै सुर्खेत पुुगेका ढुवानीका साधन चलाउने चालक र सहयोगीमा कोरोना देखिएको दावी गरेको छ ।
कोरोना संक्रमित देखिएका चालक र सहयोगीले ढुवानी गरेका वा छोएका सामाग्रीबाट समेत कोरोना संक्रमण बढ्ने खतरा भएको दावी गर्दै संघले सचेत रहन आग्रह गरेको छ ।
संघका महासचिव लक्ष्मण कँडेलले सोमवार बिज्ञप्ती जारी गरी बाहिरी जिल्लाबाट मालसमान ढुवानी गरी
बाँके ८ भदौ : बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी बिरुद्ध नेकपा र समाजवादी पार्टी एक भएका छन् ।
उनीहरुले अध्यक्ष बिरुद्ध संघर्ष नै शुरु गरेका छन् । डुडुवा गाउँपालिकामा हुने अनियमितता, भ्रष्टाचार र गलत क्रियाकलाप बिरुद्ध मोहनराम मिश्राको संयोजकत्वमा संघर्ष समिति गठन गरे ।
बिहीबार नेकपा तथा समाजवादी पार्टीका अगुवा कार्यकर्ताहरुको उपस्थितिमा बसेको भेलाले गाउँपालिकामा भइरहेको
नेपालगन्ज ७ भदौ : उद्योग,कलकारखाना चल्न थालेसंगै नेपालगन्ज भन्सार कार्यालयबाट कच्चा पदार्थ आयात बढेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार कच्चा पदार्थको आयात र चुहावट नियन्त्रण भएपछि गत साउन महिनाको राजश्व असुली पनि सन्तोषजनक भएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाले बताए ।
उनका अनुसार,९४ करोड लक्ष्य तोकिएकोमा रु १ अर्व ६८ करोड राजश्व संकलन भएको छ ।
यो १ सय ७७ प्रतिशत बढि हो ।