
बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
डा. युवराज खतिवडा
१. नेपालीहरूको सार्वभौम नागरिक अधिकार प्राप्तिकालागि दशकौं लामो संघर्ष र बलिदानबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता यस गरिमामय सदन समक्ष प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ।
२. हामीले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तनको प्रतिफल सामाजिक रूपान्तरण र आर्थिक विकास तथा नागरिकको