निःशब्द छ, ओभरी
बाँके : बिवाहको जन्ती जीप दुर्घटनामा परी छ जनाको निधन भएपछि बाँके राप्तीसोनारी—८ ओभरी गाउँ स्तब्ध छ । यहाँका मानिसहरु निःशब्द भएर बसेका छन् । एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । घरी भक्कानिन्छन् त मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउनेसम्मको मान्छे छैनन् । ‘हिजो रातीसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’— वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन्






