‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग
नेपालगञ्ज २६ मंसिर - सीमाक्षेत्रको नेपाली बजार सुक्दै गएको गुनासो छ । कारण हो, भारतीय बजारहरु । सस्तो समाग्रीको नाममा नेपालीहरु त्यता ओइरिदा स्वदेश बजार भने सुनसान भएको व्यवसायी बताउँछन् । यस्तै गुनासाबीच देशकै प्रतिष्ठित सुपरमार्केट भाटभटेनीले भनेर सीमावर्ती क्षेत्रका शहरहरु आफ्नो सेवा विस्तार गरिरहेको छ । जहाँ चूनौती छ त्यहाँ सम्भावना खोज्दै भाट-भटेनी आक्रमकरुपमा थप स्टोर बिस्तारमा लागिपरेको छ








