सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’
नेपालगन्ज–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । तर सदस्यता बिवादले पूर्वसभापति स्वर्गीय सुशिल कोइरालाको जिल्ला बाँकेमा भने त्यसको रौनक छैन । बरु सदस्यता उल्झन देखाएर क्रियाशिल सदस्यको सूची समेत नपाएपछि नेताहरु वाक्कदिक्क भएका छन् । नेता कार्यकर्तामा नेतृत्वप्रति आक्रोसित छन् ।
केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि बाँकेमा त्