भेरी अस्पतालको गौरबमय १३१ वर्ष : जहाँ हजारौं सर्बसाधारणदेखि प्रधानमन्त्रीसम्मले उपचार पाए
नेपालगन्ज : भेरी अस्पताल १३१ वर्षमा प्रवेश गरेको छ । अस्पतालको स्थापना दिवशको अवसर पारेर मंगलवार भब्य कार्यक्रम गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए । स्थापना दिवश मनाउन सोमवारबाटै अस्पताललाई सजनाइएको छ । पश्चिमको सबैभन्दा पुरानो अस्पताल भएका कारण पहिलो पटक यसरी भब्यरुपमा स्थापना दिवश मनाउन लागिएको हो ।
साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको









