‘विकासका मुद्दामा सहकार्य हुन्छ’
नेपालगन्ज १६ भदौ : नेपालगन्जका संघीय सांसद एवं पूर्वमन्त्री ईस्तियाक राई र मेयर धवल शम्सेर राणाले विकासका मुद्दामा आफुहरु एकमत रहेको बताएका छन् ।
दुबै जनाबीच केही दिनयता चल्दै आएको सार्वजनिक टिकाटिप्पणीलाई मत्थर पार्दै सांसद र मेयरले विकासका नाममा हुने राजनीति अस्विकार गरिने जनाए ।
नागरिक सरोकार समितिले जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा मंगलवार सिद्धार्थ कटेजमा अन्तरक्रिया गरेको थियो ।