सूचना/प्रविधि

निर्माण व्यवसायीलाई जेसिबी र ईसुजुको साथ
बाँके : निर्माणका काममा उपयोगी जेसिबीले निर्माण व्यवसायी महासंघ बाँकेको शनिबार भएको साधारणसभामा साथ दिएका छन् । । एमए डब्लु अर्थमुभर्सका तर्फबाट जेसिबीको मार्केटिङ्ग गर्नुका साथै निर्माण व्यवसायी महासंघको साधारणसभाको सफलताको शुभकामना समेत दिईएको थियो । जेसिबी र ईसुजु कम्पनीले व्यवसायीहरुलाई आफ्नो उत्पादनका बारे जानकारी दिनुका साथै साधारणसभा सफल पार्न साथ दिएका दिए ।

धम्बोझीमा पानको नयाँ मिठास : फायर पान
धम्बोझी : पान भन्ने बित्तिकै सादा , मिठा वा मिठा स्पेशल यस्तै यस्तै नाम अगाडी आउँछ । जोकोहीले यि मध्ये कुनै न कुनै पानले मुख मिठो बनाएकै हुन्छन् ।
तर के तपाईले आगो बल्दै गरेको फायर पान कहिल्यै खानुभएको छ ? यदि छैन भने तपाई नेपालगन्जको धम्बोझीचोकमा रहेको भरत पान भण्डारमा आएर पानको भिन्न स्वाद, फायर पानको मजा लिनुहोस् । एक वर्षदेखि अंकित नागले नेपालगन्जमै एकमात्र फायर पानको सेवा दिइरहेका छन् ।

हिमालको भुटेको मकैदेखि फापरको मिठोसम्म पाईन्छ नेपालगन्जमै
नेपालगन्ज : हिमाली भेगमा मात्र पाईने खाद्य सामाग्रीहरु खाने मन छ ? यदि छ भने अब तपाई हिमालका गाउँघरैमा जानपर्दैन । नेपालगन्जमै यस्तो सामाग्री पाईन्छ । नेपालगन्ज, काँरकादोमा रहेको ईजी मार्ट एन्ड डिपार्टमेन्ट स्टोरले मनागं, मुस्तांगक्षेत्रमा उत्पादन भएका हिमाली भेगका खाद्यन सामाग्री नेपालगन्जमा भित्रा्एको छ । उक्त स्टोरमा भुटेको मकैदेखि फापरको पिठोसम्म पाईन्छ । पोखराबाट आर्कषक प्लाष्टिकमा प्याक

नेपालगन्जमा सांस्कृतिक महोत्सवको शुरु
पौष २६ नेपालगन्ज :नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को नेपालगन्जमा उद्घाटन गरिएको छ ।
एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रगणमा शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उद्घाटन गर्नु भएको छ । उद्घाटन अघि नेपालगन्जको धम्वोजी बाट ¥याली निकालिएको छ । सय भन्दा वढी संघ संस्थाको आयोजनामा शुरु भएको

बाँके लगायत पश्चिम नेपालमा भित्रियो सोचेको डटकम, अब सोचेकै सामान किन्न पाईने
नेपालगन्ज : अनलाइन सपिङ्गको क्षेत्रमा फरक तरिकाले आएको सोचेको डटकमले बजार बिस्तारलाई तिब्र बनाएको छ । पश्चिम नेपालको बाँके, सुर्खेत, कैलालीमा १५ हजार बढि सामाग्री पाइने आउटलेटहरु खोल्नुका साथै सोेचेको डटकमका बारेमा आमनगारिकहरुलाई जानकारी गराउने काम भइरहेको छ ।
मेलान्च स्टोर तथा सोचेको डटकमका प्रबन्धक शैलेश लोहनीले अनलाईन सपिङ्गको प्रयोग बढ्दै गरेको भएपनि यसलाई अझ बिश्वसनिय बनाउन लागिपरेको

पन्छीको बीमा गर्न आनाकानी : कृषक, समाधानको पहल गर्ने सांसद नमुनाको प्रतिवद्धता
बाँके : बिमा कम्पनीहरुले पन्छी बीमा गर्न नमानेको कुखुरापालक व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले पशुपन्छी बीमा निर्देशिका २०६९ जारी गरेको अवस्थामा बीमा समितिबाट जिम्मेवार तोकिएका बीमा कम्पनीहरुले गर्ने तर्फ चासो नदिएको व्यवसायीहरुको आरोप छ । नेपालगन्जमा मंगलबार पोल्ट्री दिवशको अवसरमा आयोजना गरिएको बृहद कार्यक्रममा बोल्दै व्यवसायीहरुले पन्छी बीमामा चासो नदिने बीमा कम्पनीलाई सचेत

नेपालगन्जमा बजाज एक्सचेन्ज मेला
बाँके : बजाज एक्सचेन्ज मेला नेपालगन्जमा शुरु भएको छ । बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बजाज एक्सचेन्ज मेला आयोजना गरेको हो ।
जुनसुकै ब्राण्डका मोटरसाईकल पनि एक्सचेन्ज गर्न मिल्ने भएकाले मेला ग्राहकहरुको भिड लागेको छ । एक्सचेन्ज मेला पौस १९ गतेसम्म चल्ने छ ।

भारतमा सुचिकृत जडिबुटी मात्र निकासी हुन पाउने, सयथरी जडिबुटी गोदाममै थन्किए
बाँके : भारतले सुचिकृत भन्दा अन्य जडिबुटी आयातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्जमै थन्किएको छ । एक महिनायता रुपैडियास्थित भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएको थियो । जडिबुटीका प्रमुख निर्यातकर्ता सन्जय जैनका अनुसार सुचिकृत जडिबुटीको संख्या मुस्किलले बिस जति छ । तर अन्य जडिबुटीको संख्या पचासदेखि सयसम्म छ ।
एक महिनादेखि अन्य जडिबुटीहरु निकासी हुन नपाउँदा नेप

पहिलो पटक बाँकेमा पोल्ट्री दिवश मनाइदै, लागत अनुसार मुल्य नपाएको गुनासो
बाँके : बाँके र बर्दियाका कुखुरापाल व्यवसायीहरुले लागत अनुसारको मुल्य कायम गर्न नसकिएको दुःखेसो गरेको छन् । लागत मुल्य अनुसार मुल्य कायम नहुँदा व्यवसाय धरासायी बन्दै गएको उनीहरुको भनाई छ ।
मंगलबार नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा आयोजना गर्न लागिएको पहिलो पोल्ट्री दिवशको बारेमा जानकारी दिन सोमबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कुखुरा पालक व्यवसायी संघ बाँकेका अध्यक्ष