तीन मिटर बाटोमा करोडौंका उद्योग
कमल डाँगी \भगतराम थारु
बाँके : तीन मिटरको बाटोलाई लक्षित गर्दै बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरमा अरवौका दर्जन उद्योग सन्चालन भइरहेका छन् । सडक पूर्वाधारको भरपर्दो व्यवस्था नै नगरी ठुला उद्योग सन्चालन भएपछि स्थानीय बासिन्दा प्रदुषणको मारमा परेका छन् । अत्यन्त साँघुरो र धुलाम्मे बाटोले आवतजावतमा समस्या पारेको त छ नै सर्बसाधारणहरु स्वासप्रश्वास जस्ता गम्भीर प्रकारका रोगबाट पीडित भएको